नियम ११
कारोबारको हस्तान्तरण
(१) कुनै दर्ता भएको व्यक्तिले आफूले गर्दै आएको कारोबार अन्य कुनै व्यक्तिलाई पूर्ण वा आंशिक रूपमा हस्तान्तरण गरेमा त्यसरी कारोवार हस्तान्तरण गरेको मितिले सात दिनभित्र अनुसूची–४ बमोजिमको ढाँचामा सम्पूर्ण विवरणहरू खुलाइ सो कुराको जानकारी सम्बन्धित कर अधिकृतलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कारोबारको हस्तान्तरण भएमा हस्तान्तरणका शर्तहरूका अधीनमा रही हस्तान्तरणकर्ताको हक, अधिकार तथा दायित्वहरू समेत हस्तान्तरण हुनेछ ।
(३) सम्बन्धित कर अधिकृतले कारोबार हस्तान्तरणसँग सम्बन्धित दुवै पक्षला आफ्नो रोहवरमा राखी ऐन र यस नियमावली बमोजिम निजहरूले पूरा गर्नु पर्ने दायित्वका सम्बन्धमा आवश्यक निर्देशन दिन सक्नेछ । यसरी दिइएको निर्देशनको पालना
गर्नु निजहरूको कर्तव्य हुनेछ ।